३४ हजार यहुदीलाई निर्वस्त्र पारेर गोली ठोकिएपछि


काठमाडौं – दोस्रो विश्वयुद्धको समयमा युरोपका यहुदीबिरुद्ध डरलाग्दो जातीय नरसंहार भएको थियो । यस्तै डरलाग्दो नरसंहार युक्रेनको बबी यारमा भएको थियो । सन् १९४१ को २९ र ३० सेप्टेम्वरमा नाजीले गरेको नरसंहारमा करिव ३४ हजार यहुदी मारिएका थिए ।

तत्कालीन सोभियत युनियनको अधिनमा रहेको युक्रेनी राजधानी किभलाई २९ सेप्टेम्बरमा नाजीले कब्जा गरेपछि यहुदीलाई एउटा चौकीमा जम्मा गरेर गोली हानेका थिए । मारिनेमा महिला र बालबालिकासमेत थिए । नाजी नेता एडोल्फ हिट्लरको आदेश पालना गर्न जर्मन सेना १९ सेप्टेम्वरमा किभ पुगेको थियो ।

यहुँदीको नरंहार गर्नुअघि राजधानी किभबाट उत्तरतर्फ रहेको बबी यारको एउटा खोंचमा यहुदीलाई जम्मा गरिएको थियो । त्यसपछि उनीहरूलाई निवस्त्र पारेर लाइन लगाइन मेसिन गनले पालै पालो गोली ठोकिएको थियो ।

हत्या गरिएका व्यक्तिलाई नजिकै खाल्डो खनेर सामूहिक पुरिएको थियो । नाजीले कतिपय यहुदीलाई फोहर र ढुंगाले छोपेका थिए । हजारौं व्यक्तिको हत्यापछि ववी यारमा रगतको खोलो बगेको थियो । जर्मन सेना सोभियत युनियनबाट भागेपछि नरसंहारको प्रमाण मेटाउन नाजीले शव खोतलेर सामूहिक जलाउने प्रयास समेत गरेको थियो ।

नाजीले सन् १९४१ देखि सन् १९४३ को अवधिमा थप एक हजार जनालाई पनि बवी यारमा नरसंहार गरेको थियो । यहुदी, सोभियत अधिकारी र रसियाका युद्धबन्दीलाई पहिलाझैं निवस्त्र पारेर सामूहिक हत्या गरिएको थियो । एजेन्सी

प्रतिक्रिया