बुटवलका मेयरलाई मुक्का हान्ने पंगेनी ५ हजार धरौटीमा रिहा


रुपन्देही – बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीलाई मुक्का हान्ने युवक गणेश पंगेनी धरौटीमा रिहा भएका छन् । पंगेनीलाई ५ हजार रुपैयाँ धरौटीमा रिहा गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरले जानकारी दिए ।

बुटवल–३ ज्योतिनगरको पहिरो अवलोकन गर्न गएको बेला नगरप्रमुख सुवेदीमाथि पंगेनीले असोज ४ गते मुक्का हानेपछि सोही दिन पक्राउ गरिएको थियो । उनीमाथि सार्वजनिक शान्ति सुरक्षाविरुद्धको कसूर अन्तर्गत  अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान गरेको थियो ।

एमाले निकट अनेरास्ववियु रुपन्देहीका जिल्ला सदस्यसमेत रहेका पंगेनीले आफ्नो घर पहिरोमा परेपछि समयमै उद्दारका लागि नआएको भन्दै आक्रोशमा आइ नगरप्रमुखमाथि मुक्का हान्ने प्रयास गरेका थिए । त्यसपछि नगरप्रमुख सुवेदलाई नगर प्रहरी र प्रहरीले छेकेको थियो ।

प्रतिक्रिया