

पूर्वगृहमन्त्री स्वाँरको निधन

काठमाडौं – पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरको निधन भएको छ ।
अछाम रिडीकोट स्थायी घर भएका स्वाँरको आज (बिहीवार) ९५ वर्षको उमेरमा काठमाडौंको बानेश्वरस्थित घरमै निधन भएको हो ।
कोरोना संक्रमण मुक्त भएको केही दिनमै उनको निधन भएको बताइएको छ ।
राष्ट्रिय पञ्चायतका अध्यक्ष समेत रहेका स्वाँर जनमत संग्रहपछि सूर्यबहादुर थापा नेतृत्वमा गृहमन्त्री रहेर काम गरेका थिए । २०३८ सालदेखि २०४१ साल र २०४६ सालमा गृहमन्त्री भएका स्वाँर पञ्चायतमा पनि उदार खेमामा रहेका उनी जनमतसंग्रह पछि भने थापासँग नजिक भएका थिए ।
उनका दुई छोरा र चारजना छोरी छन् । उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

