

काबुल विमानस्थल अन्तर्राष्ट्रिय उडान गर्न तयार छ: तालिवान

काबुल – अफगानिस्तानको राजधानी काबुलस्थित रहेको हमिद करजाई विमानस्थल अन्तर्राष्ट्रिय उडान भर्न तयार रहेको तालिवानले जानकारी दिएको छ । तालिवानका विदेश मन्त्रालयले उक्त विषयको जानकारी गरेको हो।
विदेशमन्त्रालयका प्रवक्ता अबदूल कहर बाल्खिको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले लेखेको छ,‘काबुल विमानस्थलमा घटेको घटनाहरु अन्त्य भइसकेको छ । एयरपोर्टबाट क्षेत्रीय उडान पुनः सञ्चालनमा आइसकेको छ । र, अन्तर्राष्ट्रिय उडान पुनः सुचारु हुनेछ । सम्पूर्ण उडानहरु सुरु हुनेछ ।’
काबुल विमानस्थलमा मानविय सहायताका लागि कतार, बेहराइन, युएई, अज्वेकिस्तान, काजाखस्तान र पाकिस्तानबाट विमानहरु आइरहेको विमानस्थलका अधिकारीहरुले जनाएको छ ।

