नेपाल–चीन सीमा निरीक्षण टोलीले सरकारलाई बुझायो प्रतिवेदन


काठमाडौं – हुम्लाको नाम्खा गाउँपालिकास्थित नेपाल चीन सीमा क्षेत्रको अध्ययन गर्न गठित समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ । समितिका संयोजक सहसचिव जयनारायण आचार्यले गृहमन्त्री बालकृष्ण खाँणलाई आइतबार प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदन बुझ्दै खाँणले समितिका सुझाव सरकारले कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए । खाँणले अब मुलुकका लागि अन्य स्थानमा रहेका सीमा बारे पनि अध्ययन गर्न बाटो खुलेको बताए । अध्ययनका क्रममा समितिले औंल्याएका विषय कार्यान्वय गर्न सरकारले पहल गर्ने पनि उनले बताए  ।

सहसचिव आचार्यको संयोजकत्वमा दुई साताअघि गृह मन्त्रालयले नापी विभागका उप महानिर्देशक सुशील डंगोल, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक प्रदीप कुमार पाल र राष्ट्रिय अनुसन्धान विभागका सह अनुसन्धान निर्देशक किशोर श्रेष्ठ सम्मिलित ६ सदस्यीय अध्ययन समिति गठन गरेको थियो ।

प्रतिक्रिया