कांग्रेस महामन्त्री खड्कालाई कोरोना पोजेटिभ
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ ।
महामन्त्री खड्काले आफूलाई विगत २ दिनदेखि खोकी र ज्वरो आएकोले आज पीसीआर र एन्टीजेन परिक्षण गराउँदा पोजेटिभ रिपोर्ट आएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
महामन्त्री खड्काले आफूले धेरै सतर्कता अपनाए पनि कोरोना संक्रमण भएको जनाउँदै ८ गतेसम्म आफूसँग सम्पर्कमा आएका सबैलाई सतर्कता अपनाउन समेत आग्रह गरेका छन् ।
अहिले खड्काको अवस्था सामान्य रहेको पनि जनाइएको छ ।