सवारी दुर्घटनामा २ जनाको मृत्यु


काठमाडौं – रुपन्देही, शुद्धोधन गाउँपालिका-३ दोगानास्थित भित्री सडकमा लु.२ च ७४२५ नम्बरको स्कारपियोको ठक्करबाट सोही ठाउँ बस्ने ५८ वर्षीया कृष्णदेवी श्रेष्ठको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरी, भोक्राहा नर्सिङ गाउँपालिका-६  स्थित भित्री सडकमा को.८ प १२४१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीया रामुदेबी मण्डलको बिहीबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको लागि जिल्ला अस्पताल ईनरुवा हुँदै गोल्डेन अस्पताल बिराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनमा घाइते भएका मोटरसाइकलमा सवार हरिनगरा-६ बस्ने २५ वर्षीय अक्तर मियाको इनरुवा अस्पताल हुँदै थप उपचारको लागि घोपा धरान पठाइएको छ । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

चितवन, ईच्छाकामना गाउँपालिका-५ नाग्दी खोलास्थित पृथ्वी राजमार्गमा काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.२ च ४९१८ नम्बरको कार गएराति अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल त्रिशुली नदीमा खसेर दुर्घटना हुँदा कारमा सवार कास्की पोखरा महानगरपालिका-१७ बस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी घाइते भएका छन् ।

घाइतेलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ । दुर्घटनामा कारका चालक सहित ३ जना नदीमा खसेर बेपत्ता भएको बताइएको छ । दुर्घटनास्थलमा तत्काल ईलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको प्रहरीले उद्दार कार्य गर्नुका साथै बेपत्ता भएकाहरुको खोजी गरिरहेको छ ।

प्रतिक्रिया