मन्त्रिपरिषद् विस्तारका लागि पाँचदलीय गठबन्धनको बैठक बस्दै


काठमाडौं – सत्तासाझेदार पाँच दलको बैठक बस्ने भएको छ। बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा आज अपराह्न ५ बजे बस्न लागेको हो।

बैठक मन्त्रिपरिषद् विस्तारका विषयमा केन्द्रित हुने बताइएको छ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो। देउवा र प्रचण्डबीचको भेटपछि गठबन्धनको बैठक बस्न लागेको हो।

प्रतिक्रिया