तत्कालका लागि एकीकृत समाजवादीका सांसदको पद यथावत, अन्तरिम आदेश भएन


काठमाडौं– एमालेले संघीय सासंद र लुम्बिनी प्रदेशका २ जना सांसदमाथि गरेको कारबाहीलाई कार्यान्वयन नगरेको भनी अध्यक्ष केपी शर्मा ओलीले दिएको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन सक्कल फाइल माग गरेको छ।

न्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासले अन्तरिम आदेश दिने या नदिने भन्ने सन्दर्भमा सक्कल फाइल उपलव्ध गराउन भनेको हो। यो आदेशसँगै तत्कालका लागि एकीकृत समाजवादी पार्टीका सांसदको पद यथावत रहेको छ।

प्रतिक्रिया