एमालेको अवरोधबीच राष्ट्रिय सभा बैठक कार्यसूचीमा प्रवेश


काठमाडौं — राष्ट्रिय सभाको मंगलबारको दोस्रो बैठक कार्यसूचीमा प्रवेश गराइएको छ ।

सोमबार बैठक एमाले सांसदको अवरोधका कारण १५ मिनेटका लागि स्थगित गरिएको थियो ।

यसपछि दोस्रो बैठकमा एमाले सांसदले चल्न नसक्ने बताए पनि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्यसूचीमा प्रवेश गराएका हुन् ।

बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।

प्रतिक्रिया