त्रिकोणात्मक सिरिज खेलेर नेपाली टोली स्वदेश फिर्ता


काठमाडौं – ओमान, अमेरिका र नेपाल सम्मिलित त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ । युवा खेलाडी बाहुल्यता रहेको टोलीले भ्रमणका चार खेल मध्येका दुई खेलमा जित निकाल्न सफल भयो ।

साथै आईसिसि विश्वकप क्रिकेट लिग डिभिजन–२ को तालिकामा स्थान सुधार समेत गरेर फर्किएको छ । लगानी गरे अनुसार युवा खेलाडीको प्रदर्शन राम्रो भएको भन्दै कप्तान ज्ञानेन्द्र मल्ल आगामी दिनमा थप अनुभवको जरुरी भएको स्वदेश फर्किएपछि विमानस्थलमा बताए ।

नेपाली टोलीलाई क्यानका छुम्बी लामाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरे । अल अमिरात क्रिकेट मैदानमा भएको सिरिजको ४ खेलमा नेपालले दुई जित निकाल्दा पहिलो पटक लिग–२ को खेलमा ओमान पराजित गर्दै ऐतिहासिक सफलता पनि पार्‍यो ।

प्रतिक्रिया