सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय नागरिक पक्राउ


धनगढी – कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय तस्करको समूहका एक जना पक्राउ परेका छन् ।

नेपाल-भारत सीमास्थित दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोजमा सोमबार साँझ सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने अर्जुन कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।

कुमारलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको बताइएकाे छ । गस्तीमा खटिएका बेला भारतीय तस्करको समूहले ढुङ्गामुढा गर्दा सशस्त्र प्रहरीका तीन जवान घाइते भएका थिए ।

प्रतिक्रिया