एमाले स्थायी समिति बैठक: तीनवटा प्रतिवेदन केन्द्रमा लैजाने निर्णय


काठमाडौं – नेकपा एमालेले पार्टीको स्थायी समितिको बैठकबाट तीनवटा प्रतिवेदन केन्द्रीय समितिमा लैजाने निर्णय गरेको छ ।

आइतबारदेखि सुरु भइ आज सम्पन्न बैठकमा विधान, संगठन र राजनीतिक प्रतिवेदनमाथि सदस्यहरुले धारणा राखेको र सदस्यहरुको सुझाव समेतलाई समेटेर तीन वटै प्रतिवेदन केन्द्रीय समिति बैठकमा लैजाने निर्णय भएको छ ।

अब एमालेको केन्द्रीय समिति बैठक असोज ८ र ९ गते बस्नेछ । केन्द्रीय समिति बैठकबाट पनि प्राप्त सुझावलाई समेटेर प्रतिवेदन असोज १५, १६ र १७ गते हुने विधान महाधिवेशनमा प्रस्तुत गरिने भएको छ ।

यससँगै अब विधान महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्नेगरी पार्टी पंक्ति लागिपर्ने छ । स्थायी समिति सदस्यहरुले प्रतिवेदनमाथि लिखित तथा मौखिक सुझावसमेत दिएका छन् ।

प्रतिक्रिया