एमालेको विरोधकाबीच बजेटसम्बन्धी प्रतिस्थापन विधेयक पारित


काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटसम्बन्धी प्रतिस्थापन विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाले विनियोजन विधेयक बहुमतले पारित गरेको हो ।

गत भदौ २५ गते बसेको प्रतिनिधिसभाको तेस्रो बैठकमा अर्थमन्त्री शर्माले चालु आव २०७८/७९ को राजस्व र आयव्ययको अनुमानित आयव्यय परिमार्जनसहित प्रस्तुत गरेको विधेक आज सोमबार बसेको प्रतिनिधिसभाले पारित गरेको हो ।

उक्त विधेयकमा बहुआयामिक गरिबी घटाउने, उच्च आर्थिक दर कायम गर्ने र समावेशी आर्थिक नीति अवलम्बन गर्नेलगायत महत्वपूर्ण विषय समावेश रहेको छ । विनियोजन विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ प्रतिनिधिसभासमक्ष प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको छ ।

आज सोमबार बसेको प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै एमालेका सांसदहहरुले नाराबाजी सुरुगरेका थिए ।

एमालेका सांसदहहरुको नाराबाजीका बाबजुद सभामुख अग्नि सापकोटाले भने संसद्को कारबाही अगाडि बढाएका थिए ।

प्रतिक्रिया