एमालेको विरोधकै बिच बजेट प्रतिस्थापन विधेयकमाथि छलफल सुरु


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) को विरोधका बिच संसद् सुचारु भएको छ।

एमालेका सांसदहहरुको नाराबाजीका बाबजुद सभामुख अग्नि सापकोटाले भने संसद्को कारबाही अगाडि बढाएका छन्।

बैठकमा विपक्षीको नाराबाजीका बाबजुद सरकारले बजेट प्रतिस्थापन विधेयक संसद्मा पेस भएको छ। सरकारले भदौ २५ गते पेस गरेको विनियोजन विधेयक सोमवार पारित गर्ने सरकारको तयारी छ।

बैठकमा विभिन्न मन्त्रालयअन्तर्गत विनियोजित शीर्षकमाथि एकमुष्ट छलफल गर्ने कार्यसूची रहेको छ।

प्रतिक्रिया