
खनाल भेट्न डल्लु पुगे सभामुख सापकोटा
काठमाडौं – प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटाले नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न खनाल निवास पुगेका छन् ।
शुक्रबार काठमाडौंको डल्लुस्थित खनाल निवास पुगेर सभामुख सापकोटाले नेता खनाललाई भेटेका हुन्।
खनालले भारतको नयाँ दिल्लीमा गएर मिर्गौला प्रत्यारोपण गरेका थिए। प्रत्यारोपणपछि गत भदौ १४ गते उनी नेपाल फर्किएका थिए।



कागजपत्र |
