३० लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ


काठमाडौँ – बैंकिङ कसुर मुद्दामा ३० लाख जरिवाना तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१० घर भएका दिपक कार्कीलाई काँडाघारीबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले बताए ।

३९ वर्षीय दिपक बिरुद्ध नारायण कार्कीले जाहेरी दिएका थिए । उच्च अदालत पाटनले उनीविरुद्ध २०७६ फागुन १८ मा ३० लाख जरिवाना र ७ दिन कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि उनि फरार भएका थिए । फैसला कार्यान्वयनका लागी उनलाई जिल्ला अदालत काठमाडौं उपस्थित गराइएको अपराध महाशाखाले जनाएको छ ।

प्रतिक्रिया