एनआरएनए निर्वाचन प्रक्रिया रोक्न परराष्ट्र मन्त्रालयको पत्र
काठमाडौं– गैर आवासीय नेपाली संघ (एनआरएनए)को महाधिवेशन प्रक्रियाका निर्वाचन रोक्न परराष्ट्र मन्त्रालयले पत्र पठाएको छ।
२५ भदौमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदलाई मन्त्रालयका सह–सचिव भरत रेग्मीद्वारा हस्ताक्षरित पत्र पठाउँदै परराष्ट्रले विभिन्न मुलुकमा प्रतिनिधि छनौटमा विवाद रहेका कारण रोक्नका लागि निर्देशन दिएको हो।