

नेकपा सचिवालय बैठक धुम्बाराहीमा बस्दै

काठमाडौं –अघिल्लापटक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक यसपटक पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने भएको छ ।
दिउँसो १ बजेका लागि तय भएको सचिवालय बैठकमा दुवै अध्यक्षहरुले पेश गरेका प्रतिवेदनहरुमाथि छलफल हुने जनाइएको छ ।
अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका कारण बालुवाटारमा स्थायी कमिटी र सचिवालयको बैठक बस्दै आए पनि मंसिर १३ को सचिवालय बैठकले आज धुम्बाराहीमा बैठक बस्ने तय गरेको थियो ।

