सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक


काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले सोमबारका लागि सर्वदलीय बैठक बोलाएका छन् ।

सोमबार दिउँसो सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएको संसद्‌ बैठकबाट निस्कने क्रममा आइतबार गृहमन्त्री बालकृष्ण खाँणले जानकारी गराएका हुन् ।

बैठक संसद्‍ भवन नयाँ बानेश्वरमा दिउँसो साढे २ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठकमा सभामुखको भूमिकाको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले सदनमा निरन्तर पुर्‍याउँदै आएको अवरोध हटाउने लगायतको विषयमा छलफल हुने छ ।

बैठकमा प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दल नेता केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू र दलका नेताहरूलाई पनि बोलाइएको छ ।

 

प्रतिक्रिया