
सर्वोच्चद्वारा सांसद पाण्डे र भट्टलाई कारबाही नगर्न आदेश (आदेशसहित)
एमालेबाट नेकपा (एकीकृत समाजवादी) मा आफूहरूको नाम अध्यावधिक गर्न माग गर्दै सर्वोच्च अदालत पुगेका पाण्डे र भट्टको हकमा तत्काल कुनै कारबाही प्रक्रिया अगाडि नबढाउन सर्वोच्च अदालतले आइतबार आदेश जारी गरेको हो।
एमाले विभाजन गरी एकीकृत समाजवादी गठन गर्दा निर्वाचन आयोगले सनाखतमा समावेश नगराएको भन्दै आयोगको निर्णयविरुद्ध पाण्डे र भट्ट सर्वोच्च अदालत पुगेका थिए।
पाण्डे र भट्टले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्काको इजलासले उनीहरूको हकमा तत्काल कुनै कारबाही अगाडि नबढाउन भनेको हो। दुवै पक्षलाई २९ भदौमा बोलाइएको छ ।




कागजपत्र |
