संसदीय मर्यादाभित्र रहेर सदनमा बिरोध गर्न सांसदलाई ओलीको निर्देशन

‘एमाले विभाजन गर्न सभामुख सापकोटाको षडयन्त्रपूर्ण संलग्नता देखियो’


काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गराउनका लागि सभामुख अग्नीप्रसाद सापकोटाको षडयन्त्रपूर्ण संलग्नता देखिएको आरोप लगाएका छन्।

आइतबार एमाले संसदीय दलको बैठकमा ओलीको प्रश्न थियो, ‘सभामुखले आफैंले बनाएको कानुन मिच्न मिल्छ?’

उनले प्रतिनिधि सभाभित्र एमालेको विरोध मर्यादाभित्र हुनुपर्ने भन्दै सांसदलाई निर्देशन दिएका छन्। वेलसम्म पुगे पनि काँधमा चढेर वा सभामुखलाई माइक हान्ने उद्देश्य रहेको भन्ने खालका क्रियाकलाप नगर्न उनले निर्देशन दिएका हुन्। उनले भने,‘यस्ता अबाञ्छनीय कुरा गर्नु उचित हुँदैन, बोल्नु पनि उचित होइन। हामी मर्यादाभित्र रहेर विरोध गर्नेछौं।’

यस्तै उनले सत्ता पक्षलाई विरोध गर्ने क्रममा मर्यादा पालकलाई पनि मर्यादाभित्र परिचालन गर्नका लागि आग्रह गरेका छन्।

प्रतिक्रिया