४४ औँ प्रधानसेनापति शर्माको शपथ ग्रहण आज


काठमाडौं – नेपालको ४४ औं प्रधानसेनापतिमा नियुक्त प्रभुराम शर्माले आज पद तथा गोपनीयताको सपथ लिँदै छन्।

नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीबाट शर्माले शीलतनिवासमा विहान ११ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए।

प्रधानसेनापतिमा नियुक्त भएका शर्माले झन्डै एक लाख सैनिकको प्रमुख भएर तीन वर्ष संस्था हाँक्ने छन्। उनी २०८१ भदौ २४ सम्म प्रधानसेनापति रहने छन् । शर्मालाई सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले भाद्र ११ गते प्रधानसेनापतिमा नियुक्त गरेकी थिइन्।

शर्माका सामु कोभिड–१९ को कारण अवरुद्ध सैनिक कूटनीति र तालिमहरूलाई पनि निरन्तरता दिनुपर्ने चुनौती छन्।

प्रतिक्रिया