


अमेरिकी राष्ट्रपति बाइडेन घाइते

वासिङ्टन(एजेन्सी)–अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन घाइते भएका छन् । आफ्नो कुकुर मेजरका साथ खेलिरहँदा उनको खुट्टाको हड्डी फुटेको छ । उनको दाहिने खुट्टाको हड्डी फुटेको हो । यो घटना थाहा पाएपछि अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइडेनलाई स्वास्थ्य लाभको कामना गरेका छन् ।
आगामी जनवरी २० मा बाइडेनले संयुक्त राज्य अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा सपथ खाँदैछन् । ७८ वर्षका बाइडेन अमेरिकी राष्ट्रपतिका रुपमा सपथ लिने वृद्ध राष्ट्रपति हुनेछन् । बाइडेनसँग दुई जर्मन सेफर्ड कुकुर मेजर र चेम्प छन् ।
सन् २००८ को चुनाव पछि उनले आफ्नो पहिलो कुकुर चेम्पलाई घर लगेका थिए । त्यसपछि उनले सन् २०१८ मा अर्को कुकुर मेजर एडप्ट गरेका थिए ।

