सोभियत सेनाले समेत नियन्त्रण लिन नसकेकाे पन्जसिर तालिवानले कब्जा गरेकै हो त ?


काबुल – अफगानिस्तानको सत्ता हतियारको बलमा कब्जा गरेको तालिवानले पन्जसिर पनि कब्जा गरेको दाबी गरेको छ । काबुलमा नियन्त्रण बनाएको ३ हप्तापछि तालिवानले विरोधी समूहको आधारशक्ति रहेको पन्चसिर पनि कब्जा गरेको दाबी गरेको हो ।

तालिवानले पन्चसिरमा झण्डा गाडेको सामाजिक सञ्जालमा राखेको छ । तालिवान प्रवक्ता जबिहुल्ला मुजाहिद्दले सोमबार पन्चसिर कब्जामा आएको दाबी गरे । तर, विरोधी समूहले त्यसको खण्डन गरेको छ । उक्त समूहले युद्ध जारी रहेको भनेको छ ।

तालिवानविरोधी नेष्नल रेसिस्टेन्स फ्रन्ट एनआरएफका प्रवक्ताले तालिवानको विजय गलत भन्दै लडाईं जारी रहेको बताएका छन् । एनआरएफको फौज रणनीतिक ठाउँहरुमा रहेको बताए । तर, एनआरएफका नेताहरु अहमद मसुद र अमरुल्ला सलेह कहाँ छन् भन्ने अज्ञात छ । पन्जसिर उपत्यकामा तालिवानले ठूलो क्षति व्यहोरेको छ । त्यहाँ सयौं तालिवानी सेना मारिएका छन् ।

पन्जसिर रणनीतिक उपत्यका हो जुन अफगानिस्तानमा सबैभन्दा विकसित र प्रभावशाली मानिन्छ । सोभियत सेनाले समेत पन्जसिरमा नियन्त्रण बनाउन सकेको थिएन । तालिवानले यसअघि अफगानिस्तानमा नियन्त्रण बनाउँदा पनि पन्जसिर कब्जामा आउन सेकेको थिएन। यसपटक तालिवानले पन्जसिरले प्रतिष्ठाको विषय बनाएको छ । एजेन्सी

प्रतिक्रिया