चम्चाको भरमा खाल्डो खन्दै सुरुङ बनाई ६ प्यालेष्टेनी कैदी कारागारबाट फरार


काठमाडौँ – इजरायलको एक कारागारबाट ६ जना प्यालेष्टेनी कैदी फरार भएका छन् । इजरायलको उत्तरी क्षेत्रमा रहेको गिलबोआ कारागारको भुईँमा खाल्डो खनेर सुरुङ बनाई उनीहरु फरार भएका हुन् ।

कडा सुरक्षा घेरामा रहेको उक्त कारागारको शौचालयबाट चम्चाको भरमा खाल्डो खन्दै सुरुङ बनाइ उनीहरु फरार भएका हुन् । फरार हुनेहरुमा प्यालेष्टाइनको आतङ्कवादी समूह अल अक्साका एक पूर्व नेता र पाँच इस्लामिक जिहाद समूहका सदस्य रहेको खुलासा भएको छ ।

उता प्यालेष्टेनी विद्रोही समूह अल अक्साले भने आफ्ना सदस्यहरू कारागारबाट भाग्नु ठुलो उपलब्धिको रुपमा व्याख्या गरेको छ । जेल प्रशासनले नियमित रुपमा गर्ने कैदीको सङ्ख्या गणनामा ६ जना नभेटेपछि उनीहरु फरार भएको खुलासा भएको हो । एजेन्सी

प्रतिक्रिया