उपत्यकामा रातीदेखि भारी वर्षा, कपन र धोबीखोला वरिपरिका घरहरुमा पानी पस्यो


काठमाडौं – मध्यरात देखि परेको भारी वर्षाका कारण काठमाडौँको धोबी खोला कोरिडोर आसपासका क्षेत्रमा डुबान भएको छ । गड्याङगुडुङसहित रातीदेखि भएको वर्षाले राजधानीको कपन क्षेत्रका घरहरुमा पनि पानी पसेको छ ।

वर्षाका कारण पानी निकास नहुँदा धोबीखोला कडिडोरका कपन, देवीनगर, मदनभण्डारी कलेज वरिपरिका क्षेत्र डुबानमा परेको छ । जहिले पनि भारी वर्षाहुँदा राजधानीका यी क्षेत्रमा डुबान भइरहने गर्दछ । कोरिडोर आसपासका क्षेत्रका केही घरहरूमा बाढी पसेको छ ।

निरन्तरको वर्षाले मदन भण्डारी कलेज वरपरको क्षेत्र जलमग्न भएको थियो । केही घरमा समेत पानी पसेपछि त्यहाँका मानिसको विचल्ली बनेको छ । खोला किनाराका सडकमा पानी जमेपछि विहानैबाट सर्वसाधारणको आवतजावतमा समस्या भएको छ ।

धोबी खोला कोरिडोरलाई व्यवस्थित बनाइए पनि पानी निकास हुने ठाँउको अभाव भएपछि सो क्षेत्र डुबानमा पर्दै आएको छ । यसैबीच पुतली सडक क्षेत्रमा पनि डुबान भएको छ ।

गएराति देखि परेको अविरल वर्षाका कारण काठमाडौँको बागमती, विष्णुमति, टुकुचा, धोविखोला लगायतमा ठूलो बाढी आएको छ ।

प्रतिक्रिया