अन्ततः वामदेव गौतमले त्यागे एमाले


काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अन्ततः औपचारिक रुपमा पार्टी छाडेका छन् । गौतमले एमालेको सबै पदबाट राजीनामा दिएको पत्र उनका स्वकीय सचिवमार्फत कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएका हुन् ।

गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर लेखिएको राजीनामा पत्र बुझाएको उनका स्वकीय सचिव दीपक टमाटाले जानकारी गराएका छन् । तत्कालीन नेकपामा विवाद आएपछि उपाध्यक्ष गौतमले पार्टी एकीकरण अभियान शुरु गरेका थिए ।

नेकपा विभाजन भएर पूर्ववत् एमाले र माओवादी केन्द्र पुनर्स्थापना भएपछि अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव नेपाल दुवै पक्षतर्फ छलफल चलाइरहेका गौतम पार्टी विभाजनपछि नेपाल नेतृत्वको नेकपा समाजवादीमा जाने चर्चा थियो । तर पछि जनताको बहुदलीय जनवाद (जबज) नमानेको भन्दै गौतमले नेकपा समाजवादीमा पनि नजाने बताएका छन् ।

प्रतिक्रिया