विद्यालय खोल्ने तयारीमा काठमाडौं महानगर


काठमाडौं – काठमाडौं जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालनमा केही खुकुलो नियम जारी गरेसँगै काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका विद्यालय खोल्ने तयारी थालेको छ ।

बुधबार काठमाडौं उपत्यका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले विद्यालय लगायत अन्य क्षेत्र सञ्चालनमा खुकुलो गर्ने निर्णय गरेसँगै महानगरले विद्यालय सञ्चालनको तयारी गरेको हो ।

विद्यालय सञ्चालन बारे बृहत रुपमा छलफल अघि बढेको काठमाडौं महानगरपालिका शिक्षा विभाग अधिकृत मोतिराज खनालले बताए । उनका अनुसार विद्यालय कसरी खोल्ने गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ ।

बैकल्पिक माध्यमबाट सबै विद्यार्थीहरुको अध्यापनलाई समेटन नसकेकाले चाडै विद्यालय सञ्चालन गर्ने विषयमा निर्णय हुने उनको भनाइ छ । उनले भने, ‘विद्यालय सञ्चालनको विषयमा छलफल चलिरहेको छ तर कहिलेबाट सञ्चालन गर्ने भनेर निर्णय भने भएको छैन।’

प्रतिक्रिया