पछिल्लो २४ घण्टामा १,६६४ जनामा संक्रमण पुष्टि, २० को मृत्यु


काठमाडौं – पछिल्लो २४ घण्टामा थप १,६६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,११७ पीसीआर परीक्षणमा १,५२३ र ३,१०५ एन्टीजेन परीक्षणमा १४१ जना गरी कुल १६६४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घणमा १७८६ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण २० जनाको मृत्यु भएको छ ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६२ हजार ६४७ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ७५० पुगेको छ भने ७ लाख १६ हजार ३०६ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ५९१ जना रहेका छन् । जसमध्ये ३३ हजार २१४ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ३७७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५३७ जना आईसीयू र १६४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ४७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय १६ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया