ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदच्युत गर्ने सहमतिका आधारमा प्रचण्डको प्रस्ताव आएको खुलासा


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयका बहुमत सदस्यबीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षसहितको पदच्युत गर्ने सहमतिका आधारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रस्ताव तयार पारेको खुलेको छ।

२८ कात्तिकमा सचिवालय बैठकमा राखिएको प्रस्तावको आन्तर्य ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट हटाउनु रहेको सचिवालय सदस्य ईश्वर पोखरेलसँग उपाध्यक्ष बामदेव गौतमले खुलाएका हुन्।

‘कुनै एक पद होइन, ओलीलाई  दुवै पदबाट हटाउने हामीबीच सहमति भएको छ। तपाईँ पनि यतैतिर आउनुहोस्’, गौतमले शुक्रबार साँझ भैंसेपाटी निवास पुगेका पोखरेललाई भने,‘त्यसैले त्यो प्रस्ताव हामी ५ जनाको सहमतिका आधारमा आएको भनिएको हो।’

ओलीलाई दुवै पदबाट हटाए पार्टी अध्यक्षमा प्रचण्ड र सरकारको प्रधानमन्त्रीमा माधवकुमार नेपालसहितलाई लैजाने तयारी भएको बताइन्छ। सचिवालयका प्रचण्ड–नेपाल समूहले तीन विकल्पमा छलफल गरेको बताइएको छ। राष्ट्रपतिमा खनाल, प्रधानमन्त्रीमा गौतम र नेपालको आलोपालो तथा अध्यक्षमा प्रचण्ड एकल रहने विषयमा सहमति जुटाइएको बताइन्छ।

प्रतिक्रिया