कांग्रेसका जिल्ला सभापतिहरु अनशन तोडेर महाधिवेशनतिर लागे


काठमाडौं– क्रियाशील सदस्यताको सूची सार्वजनिकसहित विवाद निरुपणको माग राखी केन्द्रीय कार्यालय सानेपामा कांग्रेस जिल्ला सभापतिहरुले गरेको अनशन तोडेका छन्।

माग पूरा भइसकेको भन्दै नेता कृष्ण सिटौला, रमेश लेखकलगायतले जानकारी गराएपछि उनीहरुले अनशन तोडेर महाधिवेशनतिर जाने निर्णय गरेका हुन्।

बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु अनशनमा बसेका थिए। अब विवाद समाधान भइसकेका कारण कांग्रेस महाधिवेशनतिर लागेको उनीहरुले सन्देश दिएका छन्।

प्रतिक्रिया