‘हरित अभियान’ अन्तर्गत सेनाद्धारा बृक्षरोपण


फुङ्लिङ – ताप्लेजुङ  जिल्लामा नेपाली सेनाले सञ्चालन गरेको ‘हरित अभियान’ अन्तर्गत दुई हजारभन्दा बढी बिरुवा रोपिएको छ ।

भीमकाली गुल्मले उक्त अभियानमा यही बुधबार, बिहीबार र शुक्रबार हर्रो,बर्रो, चिउरी, तेजपत्ता, लप्सी, इपिल, जापानी सल्ला, टाँकी, उत्तिस, चिलाउने र अन्य सल्ला प्रजातिका दुई हजार ४० बिरुवा रोपेको होे ।

बिरुवा फुङ्लिङ नगरपालिकाको सुकेटार तथा कोप्चे क्षेत्र र तोक्मेडाँडा गुल्म परिसरमा रोपिएको सह-सेनानी कौशल कार्कीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे, सशस्त्र प्रहरी बल नं १ गुल्म कञ्चनजङ्घा हेडक्वाटरका गुल्मपति रोशन बुढाथोकी, नेपाल प्रहरीका प्रहरी निरीक्षक राकेश यादव, डिभिजन वन कार्यालयका सहायक वन अधिकृत बद्रीप्रसाद शाहलगायतको अभियानमा सहभागिता थियो ।

प्रतिक्रिया