

पानीपुरीमा ठेलावालाले पिसाब मिसाइरहेको भिडियो बनेपछि … [भिडियो]

काठमाडाैं – अमिलाे पिराे राखिएकाे फास्टफुड मानिने पानीपुरी भनेपछि कतिपय व्यक्ति हुरुक्कै हुन्छन् । कसैलाई पानीपुरी खाने लत नै परेको हुन्छ।
स्वाद मानेर खाइने पानीपुरीमा पछिल्लाे समय पिसाब मिसाइएको भिडियो सार्वजनिक भएको छ । भारतको आसामस्थित गुवाहाटी क्षेत्रमा पानीपुरीमा पिसाब मिसाएको घटना सार्वजनिक भएपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको छ ।
ठेला सञ्चालक ६० वर्षीय अक्रुल सहानीलाई प्रहरी पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पिसाब मिसाइरहेको भिडियो अमर ज्योती नामक फेसबूकबाट सार्वजनिक गरिएको थियो, जुन भिडियो भाइरल बन्यो ।
भिडियोमा ठेलावालाले जगमा पिसाब गरेर पानीपुरीमा पानीमा मिसाइरहेको देखिन्छ ।
भिडियोः

