पछिल्लो २४ घण्टामा ३०७५ जनामा संक्रमण पुष्टि, ३३ को मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७५ जना नयाँ संक्रमित थपिएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ९४६ पीसीआर र ४ हजार ४९२ जनाको एन्टीजेनविधिबाट कोरोना परिक्षण गर्दा ३ हजार ७५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

त्यस्तै मन्त्रालयले गत २४ घण्टामा देशभरमा ३३ जनाको मृत्यु भएको जनाएको छ । यससँगै हालसम्म नेपालमा कोरोबाट ज्यान गुमाउनेको संख्या १० हजार ४ सय २९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार १२६ जना कोरोनामुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म कोरोनाबाट जित हात पार्नेको संख्या ६ लाख ९१ हजार २ सय ९९ पुगेको छ ।

त्यस्तै मन्त्रालयका अनुसार पछिल्लो तथ्यांकअनुसार देशभर ४० हजार ५ सय जना सक्रिय संक्रमित रहेका छन् । जुन संख्या पछिल्ला दिनमा केही बढ्दै गइरहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया