जन्मदिन मनाउन ल्याएकाे केकका कारण दुई जनाको मृत्यु


अमृतरस – भारतको पञ्जाबस्थित अमृतसरमा बुधवार केकका लागि फाइरिङ भएको छ । उक्त फाइरिङमा दुई जना साथीको मृत्यु भएको छ। मजीठा रोडस्थित एउटा निजी होटलमा केही साथीहरुका साथ आफ्नो जन्मदिन मनाउने क्रममा आपसमा झगडा भएको थियो ।

त्यही क्रममा फायरिङ भयो र दुई जना युवकको मृत्यु भयो । प्रहरीले उक्त घटनाको अनुसन्धान प्रारम्भ गरिसकेको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा अमृतसरका मुनीश शर्मा र विक्रम सिंह रहेका छन् ।

त्यस्तै सुल्तानभिन्डका आरोपी मनी ढिल्लो अहिले फरार छन् । प्रहरीका अनुसार घटना साँझ ७ बजे भएको थियो । उक्त समयमा दुई दर्जन युवक मजीठा रोडमा तरुणप्रीत सिंहको जन्मदिन मनाउन जम्मा भएका थिए ।

प्रहरीले होटलका कर्मचारीलाई उदृत गर्दै भनेको छ- ‘केकका लागि पाहुनाबीच हातपात भयो र केही समयपछि मनी ढिल्लोले आफ्नो पेस्ताेलले फायर गरे, करीब ५ राउन्ड फायरिङ भयो र गोलि मुनीश र विक्रमलाई लाग्यो । मुनीशको घटनास्थलमा नै मृत्यो भयो भने विक्रमको उपचारको क्रममा मृत्यु भएको थियो ।’

अमृतसर प्रहरीले दुई वटा कार बरामद गरेको छ र पार्टीमा सहभागि पाँच जना मानिसलाई पक्राउ गरेको छ अरोपीविरुद्ध कानुन अनुसार सम्बन्धित धारा बमोजिमको सजाय हुने प्रहरी बताउँछन् ।

प्रहरीले होटल भित्र र बाहिर राखिएको सीसीटीभी क्यामराको फुटेज पनि जम्मा गरेको छ । प्रारम्भिक अनुसन्धानमा पीडित र आरोपीबीच कुनै किसिमको विवाद नरहेको प्रहरीले बताएको छ । ‘हामी आरोपीको रिपोर्ट अनुसन्धान गरिरहेका छौं, प्रहरीले भनेको छ ।

प्रतिक्रिया