हामी अहिले पनि बहुमतमा नै छौँ : ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभरको सरकार हेर्दा एमाले कै बहुमतको सरकार रहेको बताएका छन् ।

बिहिबार जिल्ला समन्वय समिति भक्तपुरले गरेको पुस्तक विमोचन तथा विद्युतीय सूचना केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै आफ्नो पार्टी प्रतिपक्षी दलमात्र नभई देशकै बहुमतको सरकार रहेको बताएका हुन् ।

उनले प्रदेश र स्थानीय तहमा एमालेको बहुमतको सरकार रहेको बताउँदै आफू ती सरकारको नेतृत्व गरिरहेको जिम्मेवार व्यक्ति रहेको बताए ।

उनले भने- ‘मेरो कुरा सुन्दा तपाईहरुलाई सरकारमै भएको जसरी कुरा गर्छ भन्ने लाग्ला, हामी अहिले पनि बहुमतमा नै छौँ । स्थानीय तह र प्रदेश सरकारमा हाम्रो नै बहुमत छ ।

प्रतिक्रिया