पहिलो पार्टीबाट चोइटिएर चौंथो बनेको एमाले समाजवादीमा पनि बरिष्ठ नेता मात्रै भए खनाल


काठमाडौं– नेकपा एमालेबाट चोइटिएर प्रतिनिधि सभामा चौथो हैसियत बनाएको माधव नेपाल नेतृत्वको एमाले समाजवादी पार्टीमा झलनाथ खनालको बरियता दोस्रोमा नै परेको छ।

उनलाई ‘बरिष्ठ नेता’ कायम गरिएको छ। विधानतः नेकपा एमालेमा पनि उनी बरिष्ठ नेता नै थिए। एमाले विधानअनुसार निवर्तमान पार्टी प्रमुख वरियताक्रममा दोस्रो हुने प्रावधानअनुसार खनाल बरिष्ठ नेता थिए।

अहिले चोइटिएर चौंथो भएको पार्टीका अध्यक्ष माधव नेपालले खनाललाई आफूपछि राखेका छन्। एमालेमा खनालपछि नेता नेपालको बरियता रहेको थियो।

यसैबीच एमाले समाजवादी पार्टीको कानुनी प्रक्रिया निर्वाचन आयोगले पूरा गर्नेछ। त्यसबेलासम्मका एमालेका ५८ जना केन्द्रीय सदस्यको नाम राखेर ९५ सदस्यीय कमिटी बनाइएको छ।

प्रतिक्रिया