

मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

रुपन्देही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले दिएको राजीनामा स्वीकृत भएको छ ।
मुख्यमन्त्री पोखरेलले आज संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिक दिनुभएको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेको हो ।
प्रदेश प्रमुखको कार्यालयले आज विज्ञप्तिमार्फत मुख्यमन्त्रीको राजीनामा स्वीकृत भएको र अर्को मन्त्रिपरिषद् गठन नभएसम्म मौजुदा मन्त्रिपरिषद्ले नै कार्यभार बहन गर्ने जनाएको छ ।
गत १९ वैशाखमा संविधानको धारा १६८ (१) अनुसार मुख्यमन्त्री नियुक्त भएका पोखरेलले आज पदबाट राजीनामा दिएका हुन् ।

