

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिँदै

बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल राजीनामा दिने भएका छन् । स्रोतका अनुसार प्रदेशसभामा अल्पमतमा परेपछि पोखरेलले राजीनामा दिने तयारी गरेका हुन् ।
केहीबेरपछि लुम्बिनी एमाले संसदीय दलको बैठक बस्दै छ । सरकारका प्रवक्तासमेत रहेका वैजनाथ चौधरीले यसअघि (मङ्गलवार बेलुका) बुधवार बिहान संसदीय दलको बैठक बसेर केही निर्णय लिइने बताएका थिए । अधिवेशन सुरु हुनुअघि नै उनले ठोस निर्णय लिइने बताएका थिए ।
मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि आज छलफल र निर्णय हुने कार्यतालिका थियो । अहिलेसम्मको गणितमा विपक्षी गठवन्धनसँग बहुमत देखिएपछि पोखरेलले राजीनामाको विकल्प रोजेका हुन् ।
आज दिउँसो १ बजे लुम्बिनी प्रदेशसभा बैठक पनि बोलाइएको छ ।
सम्बन्धित समाचार : मुख्यमन्त्री पोखरेलविरूद्ध दर्ता अविश्वास प्रस्तावबारे छलफल गर्न लुम्बिनी प्रदेश सभा बैठक बस्दै

