
अस्थिरतामा रमाउनेहरू आत्तिए, देशलाई गलत बाटोमा जान दिन्नः प्रधानमन्त्री ओली
ताप्लेजुङ– देश स्थिरतको यात्रामा देखेर अस्थिरतामा रमाउनेहरू आत्तिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।
ताप्लेजुङको घुन्सामा सोमबार सर्वसाधारलाई सम्बोधन गर्दै उनले देशलाई गलत बाटोमा जान नदिने जिकीर गरे।
छापेर, गलत प्रचार गरेर सरकार ढलिहाल्छ भनी देशका स्थिरता आउला भनी आत्तिएकाहरूले सरकार चलाइरहेको पार्टी, त्यसका अध्यक्ष र प्रधानमन्त्रीविरुद्ध अफवाह फैलाएको ओलीको आरोप थियो।
‘यो सरकार ढल्दैन। लिम्पियाधुरा, लिपुलेक जस्ता जमिन यो सरकारले फिर्ता ल्याउँछ’, उनले भने,‘यहि लोकप्रियता बढ्छ भनेर उनीहरु आत्तिएका छन्। देशलाई स्थिरतामा जान नदिन खोज्ने मान्छेहरु, देशको स्थिरता नचाहने मान्छेहरु, देशको प्रगति हरेर तर्सिएका मान्छेहरु आत्तिएका छन् ।’



कागजपत्र |
