महाधिवेशन नसार्नेतिर लम्कियो कांग्रेस, विवाद मिलाउन यस्तो छ सभापतिसहितको तयारी


काठमाडौं– आसन्न १४ औं महाधिवेशन समयमा नै गर्नका लागि क्रियाशील सदस्यता विवाद निरुपणका लागि नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासहित बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाको बैठक तय भएको छ।

क्रियाशील सदस्यता विवाद ४ प्रतिशत मात्र बाँकी रहेको प्रतिवेदन बुझेपछि त्यसलाई समाधान गर्न शुक्रबार देउवाको नीजि निवास बुढानिलकण्ठमा तीन नेताको बैठक तय भएको हो। बिहीबार बसेको पदाधिकारी बैठकले क्रियाशीलबारे देखिएका विवाद नेतृत्वबाट हल गर्ने निर्णय गरेको थियो।

५ दिनमा विवाद समाधान गरी महाधिवेशन तोकिएकै मितिमा गर्नका लागि तीन नेताको बैठक तय भएको हो।

बारा र सप्तरीमा नयाँ क्रियाशील सदस्ताबारे विवाद छ। यस्तै धनुषा, सर्लाहीमा मात्र विवाद बाँकी रहेको युवा नेता प्रदिप पौडेलले बताएका थिए। विवाद हल गर्न नसक्दा साउन १२ मा हुने वडा अधिवेशन स्थगित छ। अधिवेशनका लागि अर्को मिति तोकिएको छैन।

प्रतिक्रिया