

चितवन घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाही गर्न नेता नेपालको ध्यानाकर्षण

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले चितवनमा घटेको सुरेन्द्र पाण्डेमाथिको घटनाका बारेमा छानबिनको माग गरेका छन् ।
नेता नेपालले उक्त घटनामा सुनियोजित रुपमा अभद्र तरिकाले गरिएको हुनाले सोको छानबिन गरी दोषीमाथि कारबाही गर्न अनुरोध गरेका छन् ।
नेता नेपालले यस्तो अभद्र कार्यको पार्टी र स्थानीय नेतृत्वले सत्यतथ्य पत्ता लगाई दोषी उपर छानबिनका साथ कारबाही गर्न ध्यानाकर्षण समेत गराएका छन् ।
यसअघि रत्ननगरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीपक्षका कार्यकर्ताले पाण्डेविरुद्ध नाराबाजी गरेका थिए ।
राप्ती नगरपालिकाको वीरेन्द्र नगरमा शनिबार आयोजना गरिएको अगुवा कार्यकर्ता भेलामा पाण्डे सहभागी भएका थिए ।
नारावाजीका कारण केहीवेर कार्यक्रम अवरुद्ध भएको थियो ।

