माओवादीमा खसेपछि बालुवाटारमा प्रचण्डको प्रवेश


काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ७ महिनापछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार प्रवेश गरेका छन्।

५ पुसमा प्रतिनिधि सभा विघटन भएको दिन तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षको हैसियतमा बालुवाटारमा रहेका प्रचण्ड सर्वोच्च अदालतले दल विभाजन गरी माओवादी ब्युँताएपछि त्यहाँ छिरेका हुन्।

उनी झन्डै दुई तिहाईको नेकपाबाट सर्वोच्च अदालतले माओवादी केन्द्रको अध्यक्षमा खसाएपछि बालुवाटारमा राजनीतिक र गठबन्धन सरकारलाई पूर्णता दिने विषयमा छलफलका लागि पुगेका हुन्।

उनी प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग मन्त्रिपरिषद विस्तारको विषयमा कुराकानी गर्नका लागि बालुवाटार पुगेका हुन्। यसअघि उनले नेकपा एमालेका नेता माधवकुमार नेपाललाई कोटेश्वरमा भेटेका थिए।

प्रतिक्रिया