सर्वोच्चको विरोध गर्दै एमालेको युवा सङ्गठन सडकमा


काठमाडौं – सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेको एक घण्टा नबित्दै एमाले निकटको युवा सङ्घ सडकमा उत्रिएका छन् ।

काठमाडौंको माइतीघरमा भेला भएका युवा सङ्घका नेता कार्यकर्ताहरुले मुखमा कालो मास्क र टाउकोमा रातो कपडा बाँधेर अदालतको विरोधमा गर्दै सडकमा उत्रिएका हुन् ।

माइतीघरमा भेला हुनका लागि एमाले नेता महेश बस्नेतलगायतले सार्वजनिक आह्वान समेत गरेका थिए । उनीहरुले अदालतको फैसलाको विरोध केपी ओलीको पक्षमा नाराबाजी गरेका थिए ।

 

प्रतिक्रिया