

प्रधानन्यायाधीश राणालाई महेश बस्नेतको आरोप– नयाँ खिलराज बन्ने अभ्यास गर्नुभयो

काठमाडौं– एमाले युवा नेता महेश बस्नेतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी गरेर सर्वोच्च अदालत र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफू नयाँ खिलराज रेग्मी बन्ने अभ्यास गरेको आरोप लगाएका छन्।
एक महिनाभित्र देउवाको सरकार ढलाएर आफू प्रधानमन्त्री बन्ने सपनामा राणाले एमालेका सांसदलाई कारबाही समेत गर्न नपाउने भन्ने परमादेश दिएकोप्रति आलोचना गर्दै बस्नेतले भने,‘यदि त्यस्तो सपना देखेको भए तपाईँको थर राणा होला तर अब जहानियाँ शासन चल्नेवाला छैन।’
युवा संघ नेपालले गरेको फैसलाको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले आन्दोलनमा आह्वान गरेका छन्। उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विदेशीबाट परिचालित भएको र देउवा सत्ताका लागि जस्तो पनि कतुर्त गर्न सक्ने आरोप लगाए।

