शिक्षामन्त्रीले राजीनामा नदिए अनसन बस्ने सांसदको चेतावनी


काठमाडौं – राष्ट्रियसभाको बैठकमा शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा मागिएको छ ।

बुधबार सभाको विषेश समयमा बोल्दै सांसद राधेश्याम पासवानले जातीय विभेद गर्ने मन्त्रीलाई सरकारबाट नहटाए अनसन बस्ने चेतावनी दिएका छन् ।

सांसद पासवानले दलितलाई ब्यक्तिको घर, धारा, मन्दिरमा अझै दलितलाई प्रवेश निषेध गरेको बताउँदै विभिन्न समयमा कानुन बनाएपनि कार्यान्वयन नभएको बताए ।

उनले राजधानीमै रुपा सुनारमाथि जातीय विभेद भएको बताउँदै शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले आरोपितलाई छुटाएकोमा आपत्ति जनाए । मन्त्री श्रेष्ठले राजीनामा नदिए अनसन बस्ने चेतावनी समेत दिए ।

प्रतिक्रिया