

इटहरीका ‘उदण्ड’ वडाध्यक्ष चौधरीले गरे राहत बाँड्ने वाइसीएल नेतामाथि हमला

इटहरी– सुनसरीको इटहरी उपमहानगरपालिका–८ का वडाध्यक्ष रोहित चौधरीले मादक पदार्थ सेवन गरी एउटा समूहको प्रयोग गर्दै राहत बाँड्नेमाथि कुटपिटको उदण्डता गरेको आरोप लागेको छ।
फरक राजनीतिक आस्था राख्ने माओवादीको योङ कम्युनिस्ट लिग (वाईसीएल)का सोही वडाका इञ्चार्ज अभिनास राजधामीले राहत बाँडेकै कारण धम्की दिँदै चौधरीको समूहले कुटपिट गरेको बताएका छन्।
आफ्नो संगठनका राजधामीमाथि भएको आक्रमणको वाईसीएल इटहरी कमिटीले आपत्ति जनाउँदै घाइतेको उपचारको माग गरेको छ। वाईसीएल नगर अध्यक्ष अविनाश लिम्बुले विज्ञप्ति जारी गरी वडाध्यक्ष चौधरीले लिखित माफी माग्नुको साथै उपचार खर्च व्यहोर्नका लागि माग गरेका छन्।
एक विज्ञप्ति जारी गर्दै लिम्बुले राजनीतिक आस्थाका भरमा नै अरुले राम्रो काम गर्दा आक्रमण हुन्छ भने चुप लागेर नबस्ने चेतावनी पनि दिएका छन्।
वडाध्यक्ष चौधरी विवादमा आइरहने पात्र हुन्। उनी गत बर्षको कोरोना महामारीको लकडाउनका क्रममा थाइल्यान्डमा रहेका कारण विवादीत भएका थिए।

