

महामारीमा खटेका १ लाख १५ हजार स्वास्थ्यकर्मीको मृत्यु : डब्ल्यूएचओ

काठमाडौं – विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ०ले कोरोनाभाइरस (कोभिड-१९) सङ्क्रमणका कारण १ लाख १५ हजार स्वास्थ्यकर्मीको मृत्यु भएको बताएको छ ।
नियमित मिडिया ब्रिफिङमा विश्व स्वास्थ्य सङ्गठन प्रमुख डा। टेड्रोस अधानोमले १८ महिनादेखि कोरोना महामारीमा अग्रपङ्क्तिमा खटिरहेका विश्वभर १ लाख १५ हजार स्वास्थ्यकर्मीको मृत्यु भएको बताए ।
सङ्क्रमितको पहिचान, उपचार नियन्त्रण र व्यवस्थापनमा खटिएका मध्ये हाल १० लाख कोरोना सङ्क्रमित रहेको समेत उनले बताए । २०२१ लाई स्वास्थ्य तथा स्याहारकर्मीको अन्तर्राष्ट्रिय वर्षका रूपमा मनाउँदा लैङ्गिक असमानताको मुद्दालाई प्राथमिकताका साथ राख्नुपर्ने उनको भनाइ थियो ।
विश्वभर रहेका कुल स्वास्थ्यकर्मीहरूको ७० प्रतिशत महिला स्वास्थ्यकर्मीलाई समान सुविधा र महत्त्व दिनुपर्ने भन्दै उनीहरूमाथि हुने भेदभाव र हिंसालाई रोक्न सबै एकजुट हुनुपर्नेमा उनको जोड थियो ।

