

पार्टीबाट राजीनामा दिएर मात्र देउवाको पक्षमा हस्ताक्षर गर्नुपर्छः गौतम

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टीबाट राजीनामा नगरी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नु माधव नेपाल समूहको गम्भीर गल्ती भएको बताएका छन्।
शुक्रबार बालुवाटारमा भएको केन्द्रीय कमिटीको बैठकमा उनले एकता जोगाउनका लागि मुख्य नेतालाई अपमान गर्न नहुने बताउँदै भने,‘विपक्षीलाई सघाउने हो भने पनि पार्टी अनुशासन तोडेर होइन, राजीनामा गरेर गर्नुपर्छ। म भए त्यहि गर्नेथिएँ।’
पार्टी एकता एमालेको पक्षमा र खासगरी अध्यक्ष ओलीको पक्षमा हुने बताउँदै उनले अन्यथा सबै समाप्त हुने दिन नजिक आएको बताए।

